मकवानपुरमा आज भएको दुर्घटनामा छोरी, आमा र बुवाको मृत्यु

142 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । मकवानपुरमा आज भएको दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी–२ का ३५ वर्षीय भीमबहादुर स्याङतान, मोटरसाइकलको पछाडि बस्ने उहाँकी श्रीमती ३४ वर्षीया रुपा स्याङतान र पाँच महिने छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर आमा र छोरीको घटनास्थलमै ज्यान गएको थियो भने गम्भीर घाइते भएका भीमबहादुरलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लैजाँदै गर्दा बाटोमै ज्यान गएको डीएसपी भण्डारीले बताउनुभयो ।

सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आज बिहीवार दिउँसो अनियन्त्रित भएर धवाडी पुल छेउमा दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट तल खसेको थियो ।