डिजेल र पेट्रोलको मूल्य घट्यो

143 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ ।

इन्डियन आयल कर्पोरेसन ९आईओसी० ले बिहीबार पठाएको नयाँ मूल्यसूची अनुसार निगले इन्धनको मूल्य घटाएको हो । घटेको मूल्य आज बिहिबार मध्यराति १ बजेदेखि लागू हुने निगमले जनाएको छ । आईओसीले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढाएर पठाएपनि निगमले भने मूल्य नबढाई यथावत राखेको हो ।

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ ।