नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

98 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) पुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न यूएईका उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप–२८’ मा सहभागी हुन युएई पुग्नुभएका प्रधानमन्त्री दाहालले त्यहाँका लगानीकर्तासँग नेपालमा पूँजी परिचालन गर्न आग्रह गर्नुभएको हो ।

युएईको राजधानी अवुधाबीमा नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै दाहालले नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गर्नुभएको हो ।

दुबइ उद्योग वाणिज्य संघसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी गराउनुभएको थियो ।

युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकार्य तथा साझेदारी अपरिहार्य भएको बताउनुभयो ।