सुनको मूल्य आज तोलामा १ लाख १९ हजारमा कारोबार हुँदै

73 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १९ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै घट्दै १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँ बढ्दै १ हजार ५ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ लाख ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।