नक्कली शरणार्थी प्रकरण: रायमाझी र खाँणसहित ८ जना थुनामै रहने

67 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आज फैसला सुनाउँदै रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।