जुनसुकै विकल्प रोजेर पनि निर्माण व्यवसायीहरुको भुक्तानी गर्छौ: यातायातमन्त्री ज्वाला

93 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीहरुको भुक्तानी गर्ने बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो । उहाँले गत आर्थिक वर्षको बाँकी रहेको व्यवसायीहरुको भुक्तानी दिएमात्रै अर्ततन्त्र चलायमान हुने र त्यसका लागि मन्त्रालय लागिपरेको बताउनुभयो ।

मन्त्री ज्वालाले अहिले पनि अर्थतन्त्र संकटमा रहेको बताउनुभयो । उहाँले आफू बच्नका लागि अर्थतन्त्र राम्रो छ भनेपनि अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्थामा भने नरहेको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्र धेरै नै दबाबमा छ भनेर निराशा फैल्याउन नहुने पनि बताउनुभयो ।

मन्त्री ज्वालाले लगानी वृद्धिका निम्ति लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलन फलदायी बनाउनुपर्ने आवश्यकता रहेको र लगानी सम्मेलनअघि उद्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको बताउनुभयो ।