हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

94 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्रीले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने भएकाले त्यसको बचाऔं अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने बताउनुभएको हो ।

आज शनिबार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धि संयुक्त राष्ट्रसंघीय सम्मेलन ९कोप–२८०मा उच्चस्तरीय राउण्डटेबल बैठकको अध्यक्षता गर्दै उहाँले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभयो । प्रधानमन्त्री दाहालले हिमाली मुलुक र त्यहाँका बस्तीको पीडा बुझ्न पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री दाहालले विश्वका नेताहरुले हिमाल र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । उहाँले नेपालले जलवायु परिवर्तनका कारण परेको असर न्युनिकरणका लागि विगतमा गरिएका गरिएका निर्णय तथा प्रतिवद्धताहरु कार्यान्वयन गरेर अघि बढ्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।