जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे प्रधानमन्त्रीले गराए विश्व समुदायको ध्यानाकर्षण

110 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व जलवायु सम्मेलन ९कोप २८० मा शनिबार सम्बोधन गर्नुभएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा जारी सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ ।

हरितगृह ग्यास उत्सर्जनमा आफूहरूको कुनै भूमिका नरहेको तर सबैभन्दा धेरै क्षति बेहोर्नुपरेको भन्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘म यहाँ मेरा निर्दोष नागरिकको जलवायु न्यायका लागि उपस्थित भएको छु।’

जलवायु परिवर्तनकै कारण नेपाली नागरिकले बाढी, पहिरो, आगलागीजस्ता प्राकृतिक विपत्तिको सामना गरिरहेको भन्दै प्रचण्डले अब यसलाई रोक्नुपर्ने बताउनुभयो । बढ्दो तापमानका कारण हिउँ पग्लिरहेकाले हिमालहरू कालापत्थरमा परिणत हुँदै गएको र हिमताल तथा हिम नदीहरू फुट्ने खतरा बढेको उहाँको भनाइ थियो।