जोताहा भूमिहीन किसानका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री श्रेष्ठ

101 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोताहा भूमिहीन किसानका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज चितवनको नारायणगढमा राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनमा उनले समृद्ध र सामाजिक न्यायलाई मूल कार्यभार बनाएर सरकार अघि बढिरहेको बताए । जोताहा भूमिहीन किसान, कमलरी, हरवाचरवा, गुठी जग्गाको समस्यालगायत विषय समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

उनले अहिले नै सरकारले गुणात्मक फड्को मार्न नसके पनि कार्यभारलाई पूरा गर्न सम्पूर्ण ध्यानकेन्द्रित गरिरहेको बताए । सरकारले भ्रष्टाचारविरुद्ध ठूलाठूला अभियान सञ्चालन गरेको उनले सुनाए ।