फिलिपिन्सको पूर्वी मिन्डानाओ टापुमा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प

93 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मंसिर १७, २०८० आइतबार
काठमाण्डौ –  भूकम्पको अत्यधिक जोखिम भएको एसियाली देश फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । फिलिपिन्सको पूर्वी मिन्डानाओ टापुमा गएराति स्थानीय समयअनुसार १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) ले जनाएको छ । हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र अरु केही देशहरुमा पनि महसुस गरिएको अन्तर्राष्ट्रिय न्यूज एजेन्सीहरुले खबर लेखेका छन ।

भूकम्पपछि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा एक मिटर वा त्यो भन्दा उच्च सुनामी छालहरूको चेतावनी जारी गरिएको छ । ती क्षेत्रहरु खाली गर्न भनिएको रोयर्टसले जनाएको छ । भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल जानकारी प्राप्त भएको छैन ।