ट्रकले ठक्कर दिँदा तनहुँमा एक जनाको मृत्यु, तीन जना घाइते

132 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । ट्रकले ठक्कर दिँदा तनहुँमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मृतक महिलाका पति र दुई छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको ट्रकको ठक्करबाट मृत्यु भएको हो । दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, तीन वर्षीय छोरा सुमन र छ वर्षीय गुराँस घाइते भएका छन् । घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।