कोप–२८ मा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

96 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्कनुभएको छ । यूएईकाे दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड आज आइतवार बेलुकी स्वदेश फर्कनुभएको हो ।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले स्वागत गरेका थिए ।

शनिवार काेप–२८ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै त्याे अवस्थाकाे अन्त्य गर्नुपर्ने बताउनुभएको थियो । उहाँले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभएको थियो ।