नवौं धादिङ महोत्सव २०८० माघ ११ गतेदेखि २१ गतेसम्म गलौंदीमा हुने

1287 पटक पढिएको

१८ मंसिर २०८०, सोमबार ०६:१७ सम्पादक: धादिङ न्यूज

धादिङ- नवौं धादिङ महोत्सव २०८० माघ ११ गतेदेखि २१ गतेसम्म धादिङको गजुरी गाउँपालिकाको गलौंदीमा हुने भएको छ ।
धादिङ उद्योग बाणिज्य संघले आफ्नो अफिसियल फेसबुक पेजमा आईतबार महोत्सवको लोगो सार्वजनिक गर्दै महोत्सवको आयोजना हुन लागेको प्रारम्भिक जानकारी दिएको हो ।

जिल्लाको ऐतिहासिक, साँस्कृतिक, सामाजिक तथा आर्थिक विकासमा योगदान पु¥याउने तथा जिल्ला भित्र उत्पादित वस्तु तथा सेवाहरूको प्रदर्शनी गरी प्रचार–प्रसार एवं प्रवद्र्घन गर्ने उद्देश्यले धादिङ उद्योग बाणिज्य संघले २०६४ मा प्रथम धादिङ महोत्सव आयोजना गरी जिल्लामा महोत्सवको शुरुवात गरेको थियो ।