टिकटकमा प्रतिबन्ध लगाउने सरकारविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै

82 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । टिकटकमा प्रतिबन्ध लगाउने सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुँदैछ ।

गत मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ गतेभित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो । १४ वटा मुद्दाको आज एकै पटक सुनुवाइ हुन लागेको छ ।

गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने टिकटक खोल्न सक्ने सम्भावना व्यक्त गर्नुभएको छ । हिजो सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उहाँले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक भएको बताउनुभएको थियो ।