ओलीले गरे राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन

121 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गर्नुभएको छ ।

महाकाली—मेची अभियानका क्रममा आज मंगलवार बिहान उहाँले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गर्नुभएको हो ।

अवलोकनपछि उहाँले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताउनु भयो । उहाँले काममा केही ढिलाइ भएको बताउँदै काम ढिलोचाँडो सम्पन्न हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनैपनि सम्झौता नगरी यथाशिघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गर्नुभयो ।

आयोजना अवलोकनका क्रममा उहाँले भन्नुभयो, यसको प्रगति विवरणबारे जान्न चाहेका हौँ । यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन । यसमा एकदम राम्रोसँग काम अघि बढाउनुपर्छ । यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो । यसमा गुणस्तरमा कम्परमाइज गर्न मिल्दैन, त्यसले ठूलो दुर्घटना निम्त्याउँछ । यथाशिघ्र सम्पन्न गर्न सबैको ध्यान जाओस् ।’

भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।