गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

93 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनु भएको छ । अहिले उहाँको अवस्था स्थीर रहेको डाक्टरले बताएका छन् ।

हिजो मङ्गलवार नियमित स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुग्नुभएका श्रेष्ठलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गएको असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मुटुमा समस्या देखिएपछि त्यहाँ उहाँको उपचार गरिएको थियो ।