एनसेल प्रकरणमा सेयर खरिद बिक्री रोक्न लेखा समितिको निर्देशन

379 पटक पढिएको

२० मंसिर २०८०, बुधबार २०:०१ सम्पादक: धादिङ न्यूज

काठमाडौं। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ।

आज बसेको बैठकले सरकारलाई उक्त खरिदबिक्री सम्झौता रोक्न निर्देशन दिने निर्णय गरेको हो। लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै यस विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेको छ ।