राष्ट्रियसभा निर्वाचन: दल दर्ताका लागि आह्वान

83 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ ।

संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले राजनीतिक दल दर्ता गर्नु पर्ने आज एक् सूचनामार्फत आयोगले जनाएको छ ।

मंसिर २४ देखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन आयोगले आग्रह गरेको छ ।