एनसेल प्रकरणमा राज्य व्यवस्था समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने

130 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएको छ।

आज बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो।

सभापति खतिवडाले भन्नुभयो,‘समिति बैठकले प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको छ, म प्रधानमन्त्रीलाई भेटेर समय मिलाउँछु।’ समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए।