नागढुंगाबाट पनि आजै दुई किलो सुनसहित तीन जना पक्राउ

93 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षका ग्याल्सेङ तामाङ, २६ वर्षका विरु तामाङ र २१ वर्षका सुनिल भुजेल रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुन बरामद गरेको हो ।

गएराति दुई किलो सुनसहित तीनलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर उक्त सुन ल्याएको प्रहरीले जनाएको छ ।

यस अगाडि बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याइएको १४ किलो सुन भन्सार विभागको टोलीले बरामद गरेको थियो ।