परराष्ट्रमन्त्री एनपी साउद दोहा प्रस्थान

82 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको हो । दोहा फोरम–२०२३ मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउद आज बिहान पौने ८ बजे कतार एयरलाइन्सको जहाजमार्फत् दोहा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

दोहा फोरममा विभिन्न देशका नेता तथा सरकारी अधिकारी सहभागी हुँदैछन् । भ्रमणका क्रममा मन्त्री साउदले कतारका समकक्षी तथा उच्च अधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै कतारमा गाजामा हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि मध्यस्थता गरिदिन आग्रह गर्ने मन्त्री साउदले बताउनुभयो ।

साउद दोहाबाटै मानव अधिकारसम्बन्धी कार्यक्रममा सहभागी हुन १२ डिसेम्बरमा जेनेभा प्रस्थान गर्ने कार्यक्रम छ । मन्त्रालयका अनुसार त्यहाँबाट मन्त्री साउद भूपरिवेष्ठित विकासोन्मुख देशहरूको मन्त्रीस्तरीय बैठकमा भाग लिन १३ डिसेम्बरमा अर्मेनियाको यरेभान जाने कार्यक्रम छ ।

उहाँ १६ डिसेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।