संकल्प यात्रामा आएका सुझाव पूरा गर्ने ओलीको प्रतिवद्धता

104 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सङ्कल्प यात्राका क्रममा प्राप्त सुझाव काठमाडौँ पुगेर सम्बोधन गर्ने बताउनुभएको छ ।

पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा आज लमजुङको सुन्दरबजारको खत्रीठाटीमा आयोजित सभामा अध्यक्ष ओलीले यात्राका क्रममा महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा लमजुङका खेलमैदान, मध्यपहाडी लोकमार्गका समस्याबारे प्रतिनिधसभा सदस्य तथा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो ।