सन्दीप विरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा

300 पटक पढिएको

२४ मंसिर २०८०, आईतवार १२:३० सम्पादक: धादिङ न्यूज

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ। लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पाण्डेयको इजलासमा पेसी तोकिएको हो।

जिल्ला अदालत काठमाडौंले पटक-पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको छ।

गत कात्तिक २३ गते सुनुवाइ गर्दै सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो।

अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रुपमा बहस नोट बुझाइसकेका छन्। सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फैसला गर्न आदेश दिएकोमा पटक-पटक सर्दै आएको पेसी आजका लागि पुनः तोकिएको हो।