रास्वपा संसदीय दलको बैठक बस्दै

95 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ। रास्वपाले संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजेका लागि बैठकले बोलाएको हो।
बैठकमा संसदीय दलको विधान, संसद्‌को आगामी अधिवेशन र अन्य विविध प्रस्तावमाथि छलफल हुने बताइएको छ।
संसद्‌को हिउँदे अधिवेशन सुरु गर्ने समय भएको र सो अधिवेशनमा संक्रमणकालीन न्याय, विद्यालय शिक्षा लगायत विधेयकमाथि महत्त्वपूर्ण छलफल आवश्यक भएकाले बैठक डाकिएको रास्वपाले जनाएको छ।