मेनुका पौडेलले पाइन ‘सालार’ मा गीत गाउने मौका

148 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – गायन रियालिटी शो ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सालार’ मा गीत गाउने माैका पाएकी छिन् ।

हिजाे प्रसारित भएको एपिसोडमार्फत उनले ‘सालार’ फिल्मका सङ्गीतकार रवि बसरुरको सङ्गीतमा आफूले गीत गाउने मौका पाएको जानकारी दिएकी हुन् ।

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रभाषकाे अभिनय रहेकाे फिल्म सालारका निर्माता प्रशान्त निलले मेनुकालाई गीत गाउने अवसर प्रदान गरेका हुन् ।

उनले यो अवसरलाई आफ्नाे गायन क्षेत्रको ‘टर्निङ प्वाइन्ट’ रुपमा लिएकाे बताएकी छिन् । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन् ।