रास्वपाको बैठकमा संसदीय दलको विधान सम्बन्धमा छलफल

116 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेको छ ।

आज सोमबार काठमाडौंमा बसेको संसदीय दलको बैठकमा संसदीय दलको विधान सम्बन्धमा छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो ।

उहाँले बैठकमा संसदको आगामी अधिवशेनको सम्बन्धमा तयारीबारे पनि छलफल भएको बताउनुभयो । बैठकमा अन्य समसामयिक राजनीतिका बारेमा पनि छलफल भएको हो ।