चार औषधि कम्पनीलाई कारबाही

263 पटक पढिएको

२६ मंसिर २०८०, मंगलवार २०:२४ सम्पादक: धादिङ न्यूज

काठमाडौं। औषधि व्यवस्था विभागले चार औषधि कम्पनीलाई कारबाही गरेको छ।विभागले एसिक्लोफेनेक, लिनाग्लिप्टिन, लिनाग्लिप्टिन एन्ड मेट्फर्मिन र रिभरोक्सबान नामक औषधिको उत्पादन रोक्न निर्देशन दिएको हो।

विभागले आज एक निर्देशन जारी गरेरै उत्पादन तत्काल बन्द गर्न निर्देशन दिएको हो।औषधि मूल्यांकन समितिको अध्ययन र रायका आधारमा यस्तो निर्णय गरिएको विभागले प्रष्ट पारेको छ।

ती औषधिमा सम्मिश्रणको मात्रा मापदण्डअनुसार नभएको पाइएकाले तत्काल उत्पादन नगर्न भनिएको विभागका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीले बताउनुभयो। रोक लगाइएका औषधिको बजारमा बिक्री भइरहेको ‘ब्रान्ड’समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ।