थाक्रे राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न, तेश्रो पटक प्रथम हुँदै जनजागृति माविले गर्यो शिल्ड माथी कब्जा

389 पटक पढिएको

सम्पादक: Dhading News

रामचन्द्र रुपाखेती
२६ मंसिर, थाक्रे
थाक्रे गाउँपालिकाको आयोजनामा गत मंसिर २४ देखी २६ सम्म थाक्रे १० स्थित दोभाने खेलमैदानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २६ मंसिरमा सम्पन्न भएको छ । १८ बर्षमूनिका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु विचहुने खेलकुद प्रतियोगिता अन्र्तगत थाक्रे गाउँपालिकाले कुल ४२ गोल्ड, ४२ रजत र ४२ कास्य पदकको लागि गरिएको प्रतिस्पर्धामा थाक्रे ६ महादेववेशीमा रहेको जनजागृति माध्यमिक विद्यालयले १७ स्वर्ण, ९ रजत र ७ कास्य सहित प्रथम, व्लुमिङ लोटस आ.मा.वि थाक्रे ८ ले १० स्वर्ण, ५ रजत र ९ कास्य सहित दोश्रो र केवलपुर हरिहर भोजकुमारी मा.वि ले ६ स्वर्ण, ११ रजत र ५ कास्य सहित तेश्रो स्थान हासिल गरेको थियो ।

जनजागृति माध्यमिक विद्यालयको यो पटकको जित संगै लगातार ३ पटक रनिङ शिल्ड विजेता भई शिल्डमाथी कब्जा जमाएको छ । प्रतियोगितामा सवै भन्दा बढि पदक विजेता जनजागृति मा.वि का सुमित तामाङलाई उत्कृष्ठ खेलाडी को रुपमा सम्मान गरिएको थियो । त्यस्तै समुह खेल तर्फ छात्र कवड्डी तर्फ धावा तामाङ, छात्रा तर्फ सरस्वती तामाङ, भलिवल छात्र तर्फ दिसाल मोक्तान र छात्रा तर्फ भावना थापा उत्कृष्ठ खेलाडी घोषित भई ट्रफि प्रदान गरिएको थियो । समापन कार्यक्रममा विजेता खेलाडी तथा विद्यालयलाई थाक्रे गाउँपालिकाको अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष यन्त्र बहादुर थापाले शिल्ड तथा मेडल हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा प्रथम र द्धितिय हुने खेलाडीहरु जिल्ला स्तरीय प्रतियोगिताको लागि छनौट भएका छन् भने समुह खेल तर्फ उत्कृष्ट खेलाडीहरु निर्णायकले दिएको निर्णयको आधारमा छनौट भई जिल्ल स्तरीय प्रतियोगितामा भाग लिनेछन् ।