संघीय संसद्को कार्यवाहक महासचिवमा पदमप्रसाद पाण्डेय

94 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । संघीय संसद्को कार्यवाहक महासचिवमा पदमप्रसाद पाण्डेय नियुक्त हुनुभएको छ । उहाँलाई सभामुख देवराज घिमिरेले कार्यवाहक महासचिव तोकेको उनको सचिवालयले जनाएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि पद रिक्त छ ।

सभामुखले राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा प्रतिनिधि सभाका सचिव पाण्डेयलाई महासचिवको काम गर्न जिम्मेवारी तोक्नुभएको हो ।

प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको सचिवालयले जनाएको छ ।