काँग्रेसको संस्थापनइतर पक्षको बैठक बस्दै

89 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दैछ । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । नेता शेखर कोईरालाले केन्द्रिय कार्य सम्पादन समितिको बैठकअघि आफू पक्षका नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज सोही समयका लागि सारिएको छ । शेखर कोइरालाले आफूसँग परामर्श नगरी हिजो बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने भएपछि बैठक आजका लागि सारिएको हो ।

बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६देखि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।