अवसर नपाएकालाई राष्ट्रियसभामा उम्मेदवार बनाउनुपर्छ: गगन थापा

93 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रियसभा चुनावमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ ।

आज बुधवार संस्थापन इतर पक्षको भेला सकिएलगत्तै महामन्त्री थापाले यसअघि चुनावमा प्रतिस्पर्धा नगरेका र मौका नपाएकालाई राष्ट्रियसभा चुनावमा उम्मेदवारी बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने निर्णय गरेको बताउनुभयो । त्यसका लागि एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल गरिएको उहाँको भनाइ थियो ।

त्यसैगरी बैठकले महासमिति बैठक सार्न नहुने निष्कर्ष पनि निकालेको छ ।