फोटो पत्रकार समूहको वागमतीमा नारायण , धादिङमा मनिष दोश्रो पटक अध्यक्षमा निर्वाचित

111 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ,२८ मंसिर । राष्ट्रिय फाेटाे पत्रकार समुह बागमती प्रदेशकाे दाेश्राे र धादिङकाे तेस्रो अधिवेशन सम्पन्न भएको छ। जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा मंसिर २७ गते बुधबार  सम्पन्न भएको अधिबेशनले वागमती प्रदेशको अध्यक्षमा  धादिङका नारायण सिलवाललाई दोश्रो कार्यकालको लागि पुनः चयन गरेको छ । वागमती प्रदेश समितिको उपाध्यक्ष राजेन्द्र गजुरेल (नुवाकाेट)सचिव कुमार श्रेष्ठ (रामेछाप),सह सचिव केरिना शाक्य,काेषाध्यक्ष धर्मेन्द्र दाहाल (मकवानपुर)चयन भएका छन् ।
सदस्यहरुमा राज लाेहनी (रामेछाप), सन्ताेष श्रेष्ठ (धादिङ), हाेमनाथ सापकाेटा (चितवन), अनु परियार (सिन्धुली), उद्वव श्रेष्ठ (सिन्धुली)चयन भएका छन् ।
त्यसैगरी राष्ट्रिय फोटो पत्रकार समुह धादिङ शाखाको अध्यक्षमा पुनः मनिष दुवाडी चयन भएका छन् । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा भएको राष्ट्रिय फोटो पत्रकार समुह धादिङ जिल्ला शाखाको तेस्रो अधिवेशनले दुवाडीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा अनिल नेपाली, सचिवमा शिवराज आचार्य, सह-सचीवमा सीता सापकोटा ‘शितल’ र कोषाध्यक्षमा गजेन्द्र तामाङ चयन भएका छन् ।
सदस्यहरुमा भने प्रभु खड्का,मनिष श्रेष्ठ, बिनोद तमु र दिलिप श्रेष्ठ चयन भएका छन् ।