अर्थतन्त्र बिग्रिएको देखेर कांग्रेसकै नेता पनि सरकारसँग आजित भइसके: केपी ओली

72 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट नेपाली कांग्रेस पनि आजित भएको दाबी गर्नुभएको छ।

आज महाकाली-मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन् राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर ।

’ सत्तामा रहेका कांग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको उहाँको भनाइ छ ।देश दिनदिनै ओरालो लागेको भन्दै उहाँले देशको यो अवस्थाबाट सबैमा चिन्तित भएको बताउनुभयो ।

देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने पनि उहाँले बताउनुभयो ।