अर्थतन्त्रका सबैजसो सूचकमा सुधार हुँदै गएका छन्: अर्थमन्त्री महत

74 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सबैजसो सूचकमा सुधार हुँदै गएको बताउनुभएको छ । आज ललितपुरमा भएको औद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समस्यामा रहेको नेपालको अर्थतन्त्रलाई समस्यामुक्त गर्न सरकार लागिपरेको बताउनुभयो ।

सूचकहरु सुधारउन्मुख नै रहे पनि उत्पादकत्व बढाउनु चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । अर्थमन्त्री महतले नयाँ प्रविधिअनुसार श्रमिकको सीप विकास भए मात्रै उद्योग व्यवसायबाट उत्पादन क्षमता बढ्ने र यसले सबैपक्षमा फाइदा पुग्ने बताउनुभयो । उहाँले श्रमिकको सीप विकास र क्षमता वृद्धि भएमात्रै प्रतिव्यक्ति आयमा समेत वृद्धि हुने उल्लेख गर्नुभयो । उहाँले नेपालमा राम्रो नाफा गर्ने कम्पनीले श्रमिकलाई दिने सेवा सुविधामा कन्जुस्याइँ गर्ने अवस्था विद्यमान रहेको बताउनुभयो ।

अब बिस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जाने र श्रमिककको माग पनि वृद्धि हुने अवस्थामा श्रम गरी खाने वर्ग विस्थापित हुने अवस्थाको अन्त्य हुने अर्थमन्त्री महतको भनाइ छ ।