पूर्वगृहमन्त्री खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनको आदेश

92 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको हो ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिनुभएको हो ।