केपी शर्मा ओलीमाथि हातपात प्रयास

98 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै। धनकुटामा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि हातपात प्रयास भएकाे छ । पार्टीकाे ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत धनकुटा पुग्नुभएका ओलीमाथि आज बिहीवार हातपात प्रयास भएकाे हाे ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका–५ लेगुवामा ओलीमाथि लेगुवाकै महेश राईले हातपातकाे प्रयास गरेका हुन् । ओलीमाथि हातपात प्रयास गर्ने राईलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजबाबु महर्जनले जानकारी दिनुभयाे ।

राई अध्यक्ष ओलीलाई स्वागत गर्न भन्दै फूलमाला र अबिर लिएर लाइनमा बसेका थिए । स्वागतकै क्रममा उनले ओलीमाथि हातपातकाे प्रयास गरेका हुन् । प्रहरीका अनुसार राईले जाँड–रक्सी खाएका थिए ।