कांग्रेसको महासमिति बैठक फेरि सर्यो

65 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक चौथो पटक सरेको छ ।

आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमितिको बैठक आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने गरी सार्ने निर्णय गरेको छ ।

बैठकपछि नेता मीनबहादुर विश्वकर्माले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसअघि मङ्सिर १३ गतेदेखि १५ गतेसम्म हुने भनिएकोमा आजदेखि बस्ने गरी सारिएको थियो । आजदेखि शुरु हुने भनिएको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्मका लागि सारिएको थियो ।

नेता विश्वकर्माका अनुसार बैठक सार्नुको मुख्य कारण राष्ट्रियसभाको चुनाव रहेको छ । कांग्रेसले राष्ट्रियसभाको चुनावका लागि आज दल दर्ता गरेको छ भने उम्मेदवार चयन गर्ने जिम्मा पार्टीका सभापति शेरबहादुर देउवालाई दिएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दल दर्तालगायतका कामका लागि अधिकार दिएको थियो । त्यसपछि पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराउनुभएको हो ।