धरौटी बुझाएर रिहा भए कांग्रेस नेता खाँण

79 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण अदालतले तोकेको ३० लाख रुपैयाँ धरौटी बुझाएर आज रिहा भएका छन् ।

उच्च अदालत पाटनले बिहीबार पूर्वगृहमन्त्री खाँणलाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतले मागेको धरौटी बमोजिमको बैंक ग्यारेन्टी बुझाएर खाँण शुक्रबार रिहा भएका हुन ।

धरौटी वापतको बैंक ग्यारेन्टी बुझाएपछि उनलाई सम्पति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले बिहीबार खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

गत मंसिर १५ गते पाटन उच्च अदालतकै न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएपछि मुद्दा एकल ईजलाशमा गएको थियो ।