राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने, पुस ३ सम्म जारी रहने

94 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक भोलि आइतबार बस्ने भएको छ । बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा पुस ३ गतेसम्म जारी रहने प्रचार विभागले जनाएको छ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ब्रिफिङ् गर्ने हुने जनाइएको छ । साथै बैंठकमा सचिवालय र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने पनि जनाइएको छ ।

पार्टीले भविष्यमा सञ्चालन गर्ने र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्ताव छलफलका लागि पेश हुने बताइएको छ ।