राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलको निवेदन दर्ता

81 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले दर्ताको निवेदन दिएका छन् ।

निर्वाचन आयोगले दल दर्ताका लागि आजसम्मको समय दिएकोमा १२ वटा दलले निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

दल दर्ताका लागि निवेदन दिने दलहरुमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजतान्त्र पार्टी (राप्रपा) छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि निवेदन दिएका छन् ।

निर्वाचन आयोगले मंसिर २४ देखि मंसिर २९ गतेसम्म दल दर्ताका लागि समय दिएको थियो ।