धार्केमा भ्यानको ठक्करबाट एक जना घाईते

206 पटक पढिएको

सम्पादक: Dhading News

धार्के । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्के स्थित पृथ्वीराजमार्गमा भ्यानको ठक्करबाट एक जना घाईते भएका छन् । काठमाण्डौँबाट गल्छीका लागि छुटेको बागमती प्रदेश ०३ ००१च १४९१ नम्बरको योद्धा भ्यानले पुस १ गते आईतबार विहान ८.४५ वजे ठक्कर दिँदा भारतको विहार घर भई धार्केमा तरकारी तथा फलफुल व्यवसाय गर्दै आईरहेका बस्ने२० वर्षका लोकेश जैसवाल घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सडक पार गर्ने क्रममा घाईते भएका जैसवालको धार्के स्थित साईबाबा सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौँ लगिएको छ । उनको एउटा खुट्टामा गम्भिर चोट लागेको अस्पतालले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

  • तस्बिर / नागरिकपाटीबाट