मुग्लिनबाट पोखराका लागि छुटेकाे बस तनहुँमा दुर्घटना, १८ जना घाइते

158 पटक पढिएको

सम्पादक: Dhading News

तनहुँ।  मुग्लिनबाट पोखराका लागि छुटेकाे बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।  ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खसेकाे  हाे ।

घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षीया असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका  २१ वर्षीया सविता सुनार,  १९ वर्षीया सविना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षीय प्रदीप गोदार छन् ।

त्यस्तै, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ४० वर्षीय सुरन राई, व्यास नगरपालिका वडा नं २ की ३४ वर्षीया पिल्लीमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं १ की ५२ वर्षीया ज्ञानदेवी श्रेष्ठ र  २० वर्षीया स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ का २१ वर्षेीय एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरीका ४१ वर्षीय पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् ।

भानु नगरपालिका वडा नं १ साझबोटेका २६ वर्षीया बबिता थापा, ३० वर्षीय नवीन थापा, १२ वर्षीया दुर्गा थापा, सात वर्षीया नविना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सीकी ४० वर्षीया दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्ककी ५० वर्षीया सुमित्रा राई, व्यास नगरपालिका वडा नं ११ मूलपानीकी ३६ वर्षीया जुनु भट्टराई र आठ वर्षीया पूर्णीमा भट्टराई छन् ।

घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।