काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली शुरु
184 पटक पढिएको
काठमाडौं । काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली शुरुवात गरेको छ । सोमबारदेखि जिल्ला अदालत काठमाडौंले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको शुरुवात गरेको जनाएको हो ।
टोकन प्रणालीको शुरुवातसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको शुरुवात गरेको बताउनु भयो । उहाँले काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने योजनाअनुसार आफूहरु अघि बढेको बताउनु भयो ।