प्रधानमन्त्री प्रचण्डले बोलाए पदाधिकारी बैठक

64 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलबार पदाधिकारी बैठक बोलाउनुभएको छ ।

रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव गणेश साहले जानकारी दिनुभयो । साहका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्दैछ ।

‘खासगरी विधान सम्मेलनको तयारी, रुपान्तरण अभियानको समिक्षाका लागि अध्यक्षज्यूले बैठक बोलाउनुभएको छ ।

राष्ट्रिय सभा निर्वाचनको विषयमा पनि छलफल हुन्छ’, उहाँले भन्नुभयो। भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ ।