माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

90 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा दिउँसो ३ बजे बोलाइएको छ। बैठकमा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनलाई मुख्य एजेण्डा बनाएको छ ।

यस्तै पार्टीले भदौदेखि सञ्चालन गरिरहेको पार्टी रूपान्तरण अभियानको प्रभावबारे पनि बैठकमा छलफल हुनेछ। अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठकको मितिबारे पनि छलफल हुने कार्यतालिका रहेको छ ।

माओवादीले मंसिरमा अभियान समापन र लगत्तै विधान सम्मेलन गर्ने तयारी गरेको थियो। तर, अभियान पुस १६ गतेसम्म लम्ब्याइएपछि सम्मेलनको मिति अनिश्चित भएको छ।