बैंकको ब्याजदर र भुक्तानीसम्बन्धी देखिएका समस्या सम्बोधन हुन्छन्: अर्थमन्त्री महत

92 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने बताउनुभएको छ ।

आज हेटौँडामा आयोजना गरेको छलफलमा उहाँले बैंकको ब्याजदर र भुक्तानीसम्बन्धी देखिएका समस्या सम्बोधन गरिने दाबी गर्नुभयो ।

यस्तै उहाँले हेटौँडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग‚ वाणिज्य र निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउने र हेटौँडा सिमेन्ट उद्योगको विषयमा सरकारले छिट्टै नै निर्णय गर्ने बताउनुभयो।