आगामी चुनावमा एकल बहुमत ल्याउने गरी लाग्न कार्यकर्तालाई देउवाको निर्देशन

66 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आउने चुनावमा एकल बहुमत ल्याउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आज मंगलबार पोखरामा कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा सम्बोधन गर्ने क्रममा देउवाले आफूले पार्टीमा आकर्षण बढेको देखेको बताउनुभयो ।

कांग्रेसमा अर्कालाई हराउन लाग्ने, अन्तर्घात गर्ने रोग रहेको उहाँले बताउनुभयो । यसको निर्मूल गर्ने र आउँदो चुनावमा बहुमत ल्याउन लागेमा सफल भइने उहाँको भनाइ छ।

संविधान अनुसार एकल बहुमत ल्याउन कठिन भएका कारण गठबन्धन गर्नुपरेको उहाँको भनाइ छ ।