माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि

68 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने जनाइएको छ । आज बस्ने बैठकमा हिजोको बैठकमा भएका विषयगत छलफलहरुको निर्णय हुने जनाइएको छ ।

हिजो बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीको अभियान लगायत राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो ।