५ वटा पुराना जहाज लिलामीमा

129 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – नेपाल एअरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ ।

आज एक सूचना निकालेर नेपाल एअरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जनाएको छ ।

आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । यसका लागि आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद छ । यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।