देश सङ्कटपूर्ण अवस्थामा उभिएको देउवाको भनाइ

67 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश सङ्कटपूर्ण अवस्थामा उभिएको बताउनुभएको छ ।

आज शनिवार पार्टीको बाग्मती प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले देश एउटा दोधारमा उभिएको दाबी गर्नुभयो । उहाँले अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले देश एउटा दोधारमा उभिएको छ । देश एउटा सङ्कटमा उभिएको छ । अहिलेको बेला हामी सबैले मिलेर, खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी छ । हामीले नेपाललाई गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।’

सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पूर्णरूपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।